• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

 

कोरोना संक्रमण बढ्दै गएपछि आज बसेको राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 


 बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

 

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

 

 अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

 

 राष्ट्रिय परीक्षा बोर्डले  स्थगित गरिएको परीक्षाको मोडालिटीमा कहिलेबाट सञ्चालन गर्ने भन्ने बारे आगामी १५ दिनभित्र सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार