• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

रियल म्याड्रिड र सेभिल्ला बराबरीमा रोकिए

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड र सेभिल्ला बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा म्याड्रिडले इन्ज्युरी समयमा गर्दा खेल २-२ को बराबरीमा सकिएको हो ।

 

रियल म्याड्रिडका लागि इडर मिलिसाओ र इडन हर्जाडल गरे भने सेभिल्लाको लागि फर्नान्डो र इभान राकीटिचले गोल गरे । खेलको २२ औं मिनेटमा फर्नान्डोले गरेको गोलमा पाहुना टोली सेभियाले अग्रता लिएको थियो ।

 

७८ औं मिनेटमा इडर मिलिसाओ गोल गर्दै खोल बाराबरीमा ल्याए । ७८ औं मिनेटमा इभान राकीटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए ।

 

बराबरीसँगै रियलले शीर्ष स्थानमा फर्किने मौका समेत गुमाएको छ। दोस्रो स्थानमा उक्लिएको रियलले ३५ खेलबाट ७५ अंक जोडेको छ । खेलबाट शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ तथा तेस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार