• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
प्रवास

अमेरिकी सरकारद्धारा कोभिड-१९ वाट प्रभावित रेष्टुरेन्ट व्यवसायीका लागि सहायता कोष, जोनाथनले दिए मापदण्डबारे जानकारी

 न्युयोर्क ।  क्विन्स् टुगेदरका कार्यकारी निर्देशक जोनाथन फार्गोसले कोभिड(१९ वाट प्रभावित रेष्टुरेन्ट एवं खाद्य तथा पेय पदार्थ विक्रेता हरूको उद्दार एवं उत्थान गर्ने उद्देश्यले अमेरीकन सरकारवाट उपलब्ध हुने सहायता रकम र कोषको बारेमा जानकारी दिएका छन ।

 

  फार्गोसले तोकिएको मापदण्ड अनुसार फर्म भरेर वुझाउने लगाएत प्रक्रयाका बारेमा   पत्रकार सम्मेलनमा  जानकारी दिए ।

 

न्युयोर्कको ज्याक्सन हाईट्स र आसपासका नेपाली, भारतीय, वंगाली, स्पेनीस, पाकिस्तानी, चाईनिज, अरविक लगायतका विभिन्न समुदायहरूको हितमा सो कार्यक्रम आयोजना गरिएको कुरा निर्देशक जोनाथनले बताए ।
 
 कार्यक्रममा विभिन्न समुदायका साथै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको तर्फवाट कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव छिरींग राप्के लामा र कार्यसमिति सदस्य सुर्य सिंखडाको सहभागिता रहेको फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी ले बताए ।

 

अमेरिकी सरकारले भोजनालय संचालन गर्नलाई दिएको यस कोष राहत मे १,२०२१ देखी मे२१,२०२१ सम्म प्राथमिकताका आधार र सो पछी कोषको मौजुदा रकम रहँदासम्म अनुदान रकम उपलब्ध गराउने उल्लेख छ।

अमेरीकन रेस्क्यु प्लानको (America’s Rescue Plan) तोकिएको मापदण्ड भित्र रही मार्च २१,२०२३ भित्र प्राप्त रकमखर्च गर्ने व्यवसायीका हकमा सो रकम तिर्नुनपर्ने गरी छुट समेत दिईनेछ।

 

यसरी अनुदान प्राप्त गर्न कुनै सल्लाह एवं सुझाव चाहिएमा सोझै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरमा सम्पर्क गर्न कार्यवाहक अध्यक्ष सुवर्णलामाले अनुरोध गरेका छन । कार्यवाहक अध्यक्ष लामाले पत्रकार सम्मेलमा आफ्नो भनाई राख्दै क्विन्सटुगेदर र सबै स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गर्दै भावि योजनाहरुमा अझै प्रगाड भएर शसक्त रुपले समाज सेवामा फाउण्डेशन लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

गिरिजा प्रसाद फाउन्डेशन अमेरिका च्याप्टरले क्विन्स टुगेदरसँग सहकार्य गरी दर्जनौं कार्यक्रम गरीसकेको कुरा महासचिव छिरिंग राप्के लामाले जानकारी दिएका थिए भने आजको अंग्रेजी पर्चा लाई नेपालीमा अनुवाद महासचिव राप्के लामाले गरेका थिए ।

 

स्मरण रहोस, क्विन्स टुगेदर नामक संस्थाले समुदायका हजारौं व्यक्तिहरूको हितमा कोभिडको असर पश्चात निःशुल्क खाद्यान्न वितरण लगायतका विषयमा अग्रणी भुमीका निर्वाह गर्दै आईरहेको छ। यसैगरी क्विन्स टुगेदर कार्यालय र आरएफएस मा यस कार्यक्रम वारे वृस्तित जानकारीका लागी सिधै सम्पर्क समेत गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार