संविधानको भावना विपरित काम गर्नुभन्दा संघियता खारेज गर्नु बेस : अध्यक्ष थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संघीयता खारेजीको माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले सरकारले राजनीतिक स्वार्थ र दाउपेचमा प्रदेश प्रमुखहरूलाई प्रयोग गरेको भन्दै टिप्पणी गरेका छन ।
अध्यक्ष थापाले संविधानको भावना विपरीत सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको जनाउँदै यस्तो माग गरेका हुन् ।
संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत भएको भन्दै उनले आलोचना गरेका छन ।
'राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोगगर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित छ।यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो।यस्तो काम गर्नुभन्दा संघियता खारेजगर्नु बेस' थापाले लेखेका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस