• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । 

 

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

 

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

 

सुदूरपश्चिम प्रदेश प्रमुखमा नवनियुक्त सप्तरीका गंगाप्रसाद यादव राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका हुन् । नवनियुक्त प्रदेश प्रमुखलाई केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार