• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक स्थगित भएको छ । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका थिए । 

 

तर केही नेताहरूको स्वास्थ्यमा समस्या आएका कारण आजका लागि बोलाइएको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ भने केन्द्रीय सदस्यहरू शंकर भण्डारी र चीनकाजी श्रेष्ठ पनि कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् ।त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगीत गर्नुपरेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार