• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

बैशाख २७ गते संसद् बैठक आह्वान,प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएका छन्। वैशाख २७ गते आफूले सदनबाट विश्वासको मत लिने कुरा आज बसेको मन्त्रिपरिषद बैठकमा उनले जानकारी गराएका नेकपा एमालेका एक नेताले बताए।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चल्दै गर्दा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएो एक नेताले बताए।

 

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन नसकेका कारण माओवादीले तत्काल सरकारलाई दिएको समर्थन लिने छाँटकाँट देखाएको छैन।

 

यता जनता समाजवादी पार्टी९जसपा० भित्र पनि सरकारमा जानेरनजाने विषयले पार्टी विभाजनकै दिशातर्फ धकेलिएको छ। जसका कारण पनि ओलीतिर दलहरूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकेका छैनन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार