• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

बीमा क्षेत्रको पहिलो महिला सीइओमा उपासना पौडेल

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदमा उपासना पौडेल नियुक्त भएकी छिन् ।

 

उपासनाले यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा  जिम्मेवारी सम्हालेकी थिइन।

 


भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उपासनाले भारतमा नै बीमा व्यवसायको कार्य अनुभव हासिल गरेकी हुन ।

 

कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै उनलाई जिम्मेवारी प्रदान गरिएको हो । पौडेललाई आगामी चार वर्षका लागी नियुक्त गरिएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार