• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी प्रगतिको गीत सार्वजनिक

काठमाडौं । प्रगति देवकोटाको शब्द र एलिना चौहानको आवाजमा ‘हावामा फैलियो मधुरो गीत’ को भिडियो सार्वजनिक भएको छ। गीतमा संजीव सिंहले संगीत दिएका छन्।

 

अस्ट्रेलियामा रहेर गीत लेखनमा सक्रिय  देवकोटा विषयवस्तुमा बाँधिएर गीत लेख्छिन्। गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएको गीतकार देवकोटा बताउँछिन्। देवकोटा आफैं देखिने गीतको भिडियोको परिकल्पना पनि उनले नै गरेकी हुन। सरल शब्दमा गहन कुरा भन्न सक्ने गीतजस्तै भिडियो पनि अर्थपूर्ण छ । 

 

देवकोटा भन्छिन्,एक वर्षभन्दा लामो समयदेखि महामारी र लकडाउन भोगिरहेको बेला यो गीत सार्वजनिक गर्न सान्दर्भिक लागेर म्युजिक भिडियो बनाइएको हो। उनले २५ वर्षअघि स्कुल पढ्ने बेला एउटा कविता लेखेकी थिइन्। त्यही कवितालाई अहिलेको सन्दर्भ जोडेर गीत बनाइएको उनले बताइन् । देवकोटाका यसअघि 'गाडी गुड्छ नेपाली' र 'लिसन टु मी' गीत सार्वजनिक भइसकेका छन्।
 

वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाउने प्रगति देवकोटा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन्। उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन्। कवि सुवेदी र पूजन सापकोटाद्वारा निर्देशित सार्वजिनक गीतको भिडियो प्रगति र एलिशाको संयुक्त युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार