• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जनकारी दिएका छन् ।आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा दिएका हुन ।

 

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश गर्ने शनिबारको कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको थियो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ । दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।

 

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ । त्यसका लागि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार