संक्रमितको निशुल्क र सहज उपचार गर्ने राप्रपाको माग
काठमाडौं । विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न राष्ट्रको सवै राजनीतिक,आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसंग आग्रह गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको बेलामा सरकारले संक्रमितहरुको निशुल्क र सहज उपचार गर्ने सरकार संग माग गरेको छ ।
संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न र कुटनीतिक प्रयास थाल्न नेपाल सरकारसंग राप्रपाले अपिल गरेको छ ।
यस विपतको समयमा सरकारसंग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस