• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

संक्रमितको निशुल्क र सहज उपचार गर्ने राप्रपाको माग

काठमाडौं । विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न राष्ट्रको सवै राजनीतिक,आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसंग  आग्रह गरेको छ ।

 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको बेलामा सरकारले संक्रमितहरुको निशुल्क र सहज उपचार गर्ने  सरकार संग माग गरेको छ ।  

 

संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न र कुटनीतिक प्रयास  थाल्न नेपाल सरकारसंग राप्रपाले अपिल गरेको छ ।

 

यस विपतको समयमा सरकारसंग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको  विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार