• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

मकवानपुरमा बुढ्यौली साहित्य समाजको स्थापना

मकवानपुर । ज्येष्ठ नागरिकको हक हितका सवालमा कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यका साथ मकवानपुरमा बुढ्यौली साहित्य समाजको स्थापना भएको छ ।

 

व्यङ्ग्यकार आर.सी.रिजालको अध्यक्षतामा स्थापना भएको सो संस्थाले र रेडियो थाहा सञ्चारको संयुक्त प्रयासमा रेडियो थाहा सञ्चार ९६.६ हेटौँडा र ९६.४ काठमाडौंबाट एकसाथ पाक्षिक रुपमा आइतबार बेलुकी ८ः४५ बजे बुढ्यौली साहित्य कार्यक्रम सञ्चालन गर्दैछ ।

 

साथै समाजले ज्येष्ठ नागरिक विशेष साहित्यिक पत्रिकाको पहिलो अङ्क समेत प्रकाशन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार