• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
बिश्व

भारतमा एकै दिन ३ लाख ८० हजार नयाँ संक्रमित,यति ठुलो संख्यामा संक्रमित फेला परेको यो पहिलो

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ८० हजार जना नयाँ संक्रमित फेला परेका छन् । भारत एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो  पहिलो पटक हो ।

 

भारतमा बुधबार कोरोना संक्रमणका कारण ३ हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार छ ।

 

भारतको महाराष्ट्र राज्य कोरोनाबाट सर्वाधिक प्रभावित छ । बुधबार महाराष्ट्रमा ६३ हजार ३०९ जना संक्रमित पाइएका छन् भने कोरोनाका कारण एक हजार ३५ जनाको बुधबार मृत्यु भएको छ ।

 

मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार