• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

पहिलो दिनमै एनआईबिएल समृद्धि फण्ड-ll को ५४ प्रतिशत इकाई बिक्री

काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड -II को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।

 

इकाई खरिदको लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।


क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

 

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७८/०१/१६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार