• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

नेपाललाई टी-२० सिरिजको उपाधि,नेदरल्याण्ड्स १४२ रनले पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार टियू मैदानमा भएको खेलमा नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै उपाधि जित्न सफल भएको हो।

 

नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।

 

टस हारेर ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले खेलमा सानदार प्रस्तुती दिएका थिए । कुशलले सर्वाधिक ७७ रन बनाउन सफल भएका थिए । ५५ बलको सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

 

कीर्तिपुरमा पहिला ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । यो श्रृंखलामा नै उत्कृष्ट ब्याटिङ्ग गर्दै आएका ओपनर कुशल भुर्तेलले सर्वाधिक रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोड्न सफल भए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार