• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रवास

नेपाली भाषा सिकाउँदै टिकटकमा भाइरल ( भिडियो सहित )

 काठमाडौं । पछिल्लो समय बिदेशिएका नेपालीहरुमा पनि नेपाली भाषालाई लिएर मोह बढ्दो छ ।

 

 उनीहरु आफ्नो बालबच्चाले नेपाली प्रष्टसँग बोलोस् भन्ने चाहन्छ्न् । यस्तै अमेरिका मै जन्मिएर हुर्किएकी एक बालिकाले पनि अनलाइन मार्फत नेपाली पढ्न र लेख्न सिकाउने गरेकी छिन्  प्राप्ती नाम गरेकी बालिकाले अमेरिकाको न्यूजर्सीमा बसेर बालबालिकालाई पढ्न र लेख्न सिकाउन सजिलो हुने गरी एक युट्युब 'प्राप्ती एन्ड ओपल' च्यानल खोलेकी छिन्  ।

 

न्यूजर्सीमा जन्मेकी प्राप्तिले  नेपाली कक्षा लिँदै बिस्तारै नेपाली सिक्ने भन्दै पहिला १० वटा अक्षरहरू सिकाएको भिडियोमा देखिन्छ । यो भिडियोको पहिलो भाग हो । 

 

उनले आफ्नो च्यानलमा नेपाली भाषा सरल रुपमा सिकाउनुका साथ साथै उत्प्रेरणा पनि दिइरहेकी छिन् । निकै राम्रो नेपाली भाषा बोल्न सक्ने उनले नेपाली समुदायलाई निकै लाभदायक हुने भिडियो बनाएकी छिन् ।


 प्राप्तीले नेपाली सिकाएको भिडियो टिकटकमा पनि भाइरल भइरहेका छन् । उनको उक्त भिडियोलाई टिकटकमा करोड पटक भन्दा बढी हेरिएको छ भने हजारौ शेयर भएका छन् । 

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार