• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन सङ्क्रमित

PHANIRAJ PATHAK

काठमाडौं । कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले बताएका छन्।

 

दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्।भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन्।

 

भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ। बिहीवार बिहान भारत सरकारले २४ घण्टाको अवधिमा २,००,७३९ कोभिड देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। सो अवधिमा १,०३८ सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार गङ्गास्नान गरेका थिए। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रेषित केही सामग्रीमा उनले स्नान गर्न लागेको दृश्य देखिन्छ।

 

सामाजिक सञ्जालमा ज्ञानेन्द्रले भारतीय सञ्चारमाध्यमलाई हरिद्वारबाटै प्रतिक्रिया दिएको भिडिओ पनि छ। नेपाली भाषामा बोल्दै उनले आफूले पहिला पनि हरिद्वारको भ्रमण गरेको तर यसपालि कुम्भमेलामा सहभागी हुन आएको बताएका छन्।

 

पूर्वराजासँगै यात्रा गरिरहेका उनका सहयोगी फणिराज पाठकले ज्ञानेन्द्र बुधवार सडकमार्ग हुँदै दिल्ली फर्किएको बताएका छन्। पाठकका अनुसार बिहीवार पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ। उनी आइतवार नेपाल फर्किने योजनासहित हरिद्वार जान काठमाण्डूबाट नयाँ दिल्ली उडेका थिए। हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रको केही साधुसन्तसँग भेटघाट पनि गरेका थिए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार