• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

'राप्रपालाई बलियो शक्ति बनाउन सक्नु नै सुर्यबहादुर थापाप्रती सच्चा श्रद्धाञ्जली'

 

 काठमाडौं । पुर्ब प्रधानमन्त्री एबं राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाको स्मृति दिवसको अबसरमा राप्रपा अध्यक्ष कमल थापाले राप्रपालाई  बलियो शक्ति बनाउन सके उहाँप्रती सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

 राप्रपा सुर्य बहादुर थापाको 'लिगेसी' भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको बिकल्पको रुपमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाको चाहना भएको समेत बताए ।

 

 थापाले भनेका छन् 'राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री  तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ बर्ष पुरा भयो। स्व.थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धांजली व्यक्त गर्दछु।

 


राप्रपा स्व.सूर्यबहादुर थापाको ‘लिगेसी’ हो । उहॅा काङ्ग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनु हुन्थ्यो । त्यसर्थ, आजको दिनमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं, त्यही नै स्व.थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार