भारतमा पहिलोपटक एकै दिन २ लाख भन्दा धेरै संक्रमित थपिए
नयाँ दिल्ली । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन २ लाख भन्दा धेरै संक्रमित थपिएका छन ।
भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई लाख ७३९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यस्तै सो अवधिमा कोभिड–१९ का कारण एक हजार ३८ जनाको ज्यान गएको उल्लेख गरेको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढि पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८ भय भन्दा धेरै छ ।
कोरोनाका कारण भारतमा हालसम्म एक लाख ७३ हजार १२३ जनाको ज्यान गएको छ ।
हालसम्म ११ करोड ४४ लाख ९३ हजार भन्दा धेरै कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् । भारतमा खोप अभियान पनि जारी छ । एजेन्सी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस