• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

नेपालमा पहिलो पटक देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’

काठमाडौं । नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । मुलुकमै पहिलो पटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट भेटिएको हो ।

 

ललितपुरबाट संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए ।

 

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ भेरिएन्टको अवस्थाका बारेमा जानकारी दिँदै निर्देशक पौडेलले भने,‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ । पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको नाम गरिएको भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।’

 

एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भएको भनिन्छ ।तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए । तिनै बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम पनि देखिएको छ । कान्तिपु्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार