• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

प्युठान दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, घाइतेहरुलाई काठमाडौं ल्याइयो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

 

दुर्घटनामा मृत्यु भएका मध्ये एकजना चालक र अन्य प्रशासनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए। दुर्घटनामा स्यांङ्जा घर भएका प्रशासकीय अधिकृत श्याम न्यौपाने, गुल्मी घर भएका नायव सुब्बा ईश्वर भण्डारी, खरिदार यमलाल पन्थी, सूर्य पन्थी तथा चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । प्रशासन कार्यालयका कर्मचारीले रिजर्भ गरेर स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका-२ रुमाले भन्ने स्थानमा दुर्घटना भएको थियो ।

 

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । १६ जना सवार जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार