• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

बिष्णु कट्टेलको 'जलेर खरानी' सार्वजनिक

काठमाडौँ ।  नव कलाकार बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

गीतमा गायक राज लिम्बुको स्वर, शब्द र संगीत रहेको छ।  पुस्कर सुनुवारले गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक लिम्बु पहिलो पटक  फिचर्ड भएका छन्।  भिडियोमा प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ। 

 

इजरायलमा छायांकन भएको  गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल राज लिम्बुु मार्फत भिडियो सार्वजनिक गरिएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार