• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप ४६० जनामा कोरोना सङ्क्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा  नेपालमा कोरोना भाइरसका ४६० जना नयाँ सङ्क्रमित थपिएका छन ।

 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३८६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयले  पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९४८ पुगेको जनाएको छ ।

 

पछिल्लो चौबीस घण्टामा १५३ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले  पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण ५ जना सङ्क्रमितको  मृत्यु भएको  उल्लेख गरेको छ।

 

 हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५८ जनाको मृत्यु भएको छ ।

 

 मन्त्रालयका अनुसार हाल ३ हजार ६०८ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा रहेका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार