• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेपाल समूहले गरेको कारबाही  ‘किर्नाले भैँसी खाए’ जस्तो भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन् ।

 

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन ।

 

ओलीले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने  ‘ठिक लगाउने’ चेतावनी दिए । उनले भने, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने‘ बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईँहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।’

 

उनले नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैँसी खाए’जस्तो भएको भनी व्यङ्ग्य गरे । प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दे समर्थन फिर्ता लिने चुनौती दिए । उनले आफूलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान पनि बताए ।

 

उनले भने, ‘प्यादाले मन्त्री खान्छ चेसमा । भुसुनाले, लामखुट्टेले हात्ती खान्छ । उपियाँले मान्छे खान्छ । कति खान्छ ? तिनीहरूले कम्युनिस्ट आन्दोलन खान्छु भनेको त्यही हो। उपियाँले मान्छे खाए जस्तो किर्नाले भैँसी खाँदैन । किर्नाले भैँसी खान्छ नि, किर्नाले भैँसी खाएको देख्नुभएको छ कि छैन ? यिनीहरूले गरेको हामीलाई कारबाही त्यस्तै हो ।

 

किर्नाले भैँसी खाएजस्तै । किर्नाले भैँसी खाने ? मनको यिनको रहर हो । तर किर्ना किर्नाकै ठाउँमा हुन्छ, भैँसी भैँसीकै ठाउँमा हुन्छ। सन्तोष गर्न पाइन्छ किर्नाले भैँसी खाएकै हो। भैँसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झर्‍यो ।

 

कति रोएका ? राजीनामा देऊ, राजीनामा देऊ । हटाउन, समर्थन किन गरिरहन्छौँ ? फिर्ता लैजाऊ । केही पनि गर्न नसक्ने राजीनामा देऊ राजीनामा देऊ । मसँग बहुमत छ। बहुमतको सरकार छ । म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ । लैजाउँ । चाहिएको छैन तिम्रो समर्थन । लैजाऊ ।’

 

प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यङ्ग्य गर्नुभयो । उनले भने, ‘कांग्रेसकोमा जान्छन् रुन कराउन । अनि जसपाका जान्छन् । अनि हल्ला फैलाउँछन् 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार