• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

ओलीले अन्याय गरेकाहरुलाई म न्याय दिलाउँछु : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् । 

 

प्रेस सङ्गठन नेपाल पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधान अनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए । 

 

उनले विगतका तिता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरू तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत् रहेको आरोप लगाए ।

 

नेता नेपालले नेता तथा कार्यकर्तामाथि गरिएको कारबाहीले पार्टीलाई कमजोर तुल्याउने बताए । नेपालले पार्टी अध्यक्ष ओलीले अन्याय गरेकाहरुलाई आफूले न्याय दिने बताए । 

 

उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता र कार्यकर्तालाई कारबाही गरी कम्युनिस्ट आन्दोलनलाई समेत कमजोर पार्ने र देशमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गरे।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार