• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गायिका ज्योति मगर ‘फुडगन्ज’ को डेलिभरी राइडर

काठमाडौं । कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । 

 

अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानुनपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ।

 

मोडल क्रिस्टिना थापाले पनि नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ । ‘फुडगन्ज’ ले विहान ७ बजेदेखि रातीको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पुर्‍याउने गरेको छ ।

 

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइओएस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन् । उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्‍याइनेछ । ‘फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन्।

 

छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन् । 

 

गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् ।

 

गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’

 

‘फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन्। उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो ।

 

आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ सञ्चालनमा ल्याएका थियौं । छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार