• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

तीन दलको बैठक विना निष्कर्ष सकियो

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बसेको विपक्षी तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । 

 

बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा नयाँ सरकार गठनको विषय छलफल भए पनि कुनै निष्कर्ष नआएको हो । बैठकमा कांग्रेस सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न माओवादी र जसपालाई प्रस्ताव गरेका थिए ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले देउवाको प्रस्तावलाई माओवादी नेताहरुले स्वागत गरेको बताए । जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार बनाउने विषयमा पहिलो पटक औपचारिक प्रस्ताव आएको भन्दै पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताए । 

 

बैठकमा कांग्रेस सभापति देउवासंगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्व विमलेन्द्र निधि र बिजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला, पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

 

त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सहभागी थिए । जसपाबाट ठाकुर र महतोबाहेक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई उपस्थित थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार