• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

अर्बपति सूचीमा चौधरीको स्थान खस्कियो

काठमाडौं । विश्वभरका धनीहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान खस्किएको छ । फोर्ब्सले बुधबार सार्वजनिक गरेको अर्बपतिहरूको ४५ औं सूचीअनुसार चौधरी ६ सय २८ स्थान तल झरेका हुन् । यो वर्ष उनी २१४१ औं स्थानमा छन् । गत वर्ष उनी १५१३ औं स्थानमा थिए ।

 

स्थान खस्किए पनि उनको कुल सम्पत्ति भने गत वर्ष जत्तिकै छ । यो वर्ष उनको कुल सम्पत्ति ९रियल टाइम नेटवर्थ० १.४ बिलियन अमेरिकी डलर छ । यो अघिल्लो वर्षको बराबर हो । पछिल्लो दुई वर्ष अर्बपतिहरूको सूचीमा उनको स्थान खस्कँदै गएको छ । सन् २०१७ यता उनको सम्पत्ति बढ्दो क्रममै थियो । सोही क्रममा सन् २०१९ मा उनको कुल सम्पत्ति बढेर १।७ बिलियन अमेरिकी डलर पुगेको थियो ।

 

चौधरी फोर्ब्सको धनीहरूको सूचीमा परेका एक मात्र नेपाली हुन् । सन् २०१३ मा पहिलो पटक अर्बपतिको सूचीमा सूचीकृत हुँदा उनको कुल सम्पत्ति १ बिलियन अमेरिकी डलर थियो । त्यसपछिका वर्षमा उनको सम्पत्ति निरन्तर बढ्यो । यसअनुसार सन् २०१५ मा १।३ बिलियन अमेरिकी डलर पुगेको थियो तर सन् २०१६ मा उनको सम्पत्ति घट्यो । ०७२ सालको विनाशकारी भूकम्प र त्यसलगत्तै भएको भारतीय नाकाबन्दीका कारण उनको सम्पत्ति घटेको थियो । त्यसपछिका वर्षमा भने उनको सम्पत्ति पुनस् बढ्न थालेको थियो । कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण यो वर्ष उनको सम्पत्ति बढ्न नसकेको बताइएको छ ।

 

चौधरी सीजी कर्प ग्लोबलका सञ्चालक हुन् । हाल उनी ६५ वर्षका भए । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालमा रहेको नबिल बैंक र सीजी फुड्स हो । स्वदेश तथा विदेशमा ख्याति प्राप्त वाईवाई चाउचाउ सीजी फुडअन्तर्गतको मुख्य प्रडक्ट हो । 

 

हाल नेपाल, भारत, बंगलादेशलगायत राष्ट्रमा वाईवाई चाउचाउ उत्पादन हँदै आएको छ भने इजिप्टमा पनि उत्पादनको तयारी छ । चौधरी ग्रुपअन्तर्गत करिब १ सय ३५ वटा होटल सञ्चालनमा छन् । चौधरीका निर्माण, राहुल र वरुण गरी तीन छोरा पनि व्यवसायमा संलग्न छन् । तीमध्ये निर्माण चौधरी नेपालमै बसेर व्यवसाय सम्हालिरहेका छन् भने राहुल र वरुणले नेपालबाहिरको व्यवसाय हेरिरहेका छन् । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार