• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

लिम्बू भाषाको चलचित्र ‘रीत’ निर्माण हुने

काठमाडौं । लिम्बू भाषाको चलचित्र ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको चलचित्रको पूर्व खानेपानी मन्त्री विना मगरले मुहुर्त गरेकी हुन ।

 

चलचित्रमा पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने चलचित्रमा मान तबेबुङ, अशोक राई र बिबि लिम्बुको संगीत रहेको छ ।

 

दिनेश लिङदेनको निर्देशन रहने चलचित्रमा सागर केरुङको कथा, पटकथा र संवाद छ । चलचित्रमा राम नेयोङ लिम्बु र सन्जिप कुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन्।मुहुर्तमा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार