• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

थपिए २ सय ६० कोरोना संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६० कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ।

 

यस्तै देशभर ११३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

 

त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार