• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

काठमाडौँ फेरि विश्वकै पहिलो प्रदूषित शहर

काठमाडौं । नेपालमा केही दिनअघि हल्का सुधार भएपनि काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको छ । 

 

काठमाडौं अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ ।

 

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ।

 

काठमाडौँको सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार