• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

बलिउड अभिनेता अक्षय कुमार र गोविन्दालाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार र गोविन्दालाई कोरोना  संक्रमण पुष्टि भएको छ । 

 

अहिले दुवै कलाकार होम–क्वारेन्टिनमा रहेका छन् । अभिनेता अक्षयले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । साथै, उनले पछिल्लो दिन आफूसँग सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् । ‘आफू छिट्टै कोरोनामुक्त भएर काममा फर्किने विश्वास मेरो छ’, उनले भनेका छन् ।

 

गोविन्दा बाहेक उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार