कर्णालीमा एमालेले मन्त्रीहरुलाई फिर्ता बोलायो, भोली मन्त्रीहरुले सामूहिक राजीनमा दिने
काठमाडौं । कर्णाली प्रदेशको नेपाल एमाले संसदीय दलले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको हो । वैठकमा नेपाल–खनाल समूहका सांसदहरु पनि सहभागी थिए ।
संसदीय दलका नेता यामलाल कंडेलले तीन जना मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको जानकारी दिए ।
भोलि सोमबार नै नेपाल समूहका एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ । हाल मन्त्रिमण्डलमा नेपाल समूहको एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस