• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च

काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

 

नेप्से आज २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको छ । नेपालको शेयर बजार इतिहासमा यो अहिलेसम्मकै उच्च विन्दु हो ।

 

आज व्यापार, होटल तथा पर्यटन, उत्पादन, लगानी र म्युचुअल फन्ड उपसमूह घटे पनि अरु सबै समूह बढेका कारण समग्रमा नेप्से पनि बढेको हो ।

 

नेप्सेसँगै आज कारोबार रकम पनि १ अर्ब ७१ करोड रुपैयाँ बढेको छ । आज ९ अर्ब रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सेले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार