• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेस नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटर्वाता भएको छ ।

 

काँग्रेस नेता पौडेल जसपा अध्यक्ष ठाकुरलाई भेट्न हात्तीवन पुगेका हुन । दुबै नेताबीच करिब आधाघण्टा कुराकानी भएको बताइएको छ ।

 

भेटमा पछिल्लो राजनीतिक घटना क्रमको बारेमा छलफल भएको बताइएको छ । यद्यपि नयाँ सरकारका लागि कुनै ठोस निर्णय भने हुन नसकेको बताइएको छ ।

 

पौडेलसँगको कुराकानीमा ठाकुरले पार्टीले राखेका माग, मुद्दा सम्बोधन भएमा त्यस्तो सरकारलाई आफूहरुले समर्थन गर्ने जसपाका एक नेताले बताएका छन् ।

 

नयाँ सरकार निर्माणमा जसपासँग ओली सरकारले पनि छलफल गरिरहेको छ । यसैगरी कांग्रेस तथा माओवादी केन्द्रले पनि जसपासँग छलफल र संवाद अघि बढाएका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार