• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

ओलीले राजीनामा नदिए हामी हटाउँछौ : कांग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लगेर हटाउने बताएका छन्।

 

नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजिनामा नदिए संसदमा अविश्वासको प्रस्ताव लगेरै हटाउने उनले बताए।

 

'प्रधानमन्त्रीले आफैं छोड्नुहुन्न भने हामी हटाउँछौं । उनले राजीनामा नदिएका कारण हामी हटाउन बाध्य हुनुपरेको छ’, उनले भने । ७० वर्षदेखि लडेर ल्याएको लोकतान्त्रिक व्यवस्था ओलीले ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको पौडेको भनाई छ । 

 

पौडलेले भने,अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनर्स्थापनाका लागि आवाज उठाएका तीनवटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार