• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

सुब्बालाई मैनाली कथा पुरस्कार 

काठमाडौं । साहित्यिक पत्रकार संघले कथा दिवसका अवसरमा आख्यानकार विन्द्या सुब्बालाई मैनाली कथा पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।

 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सुब्बालाई नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरियो।

 

कार्यक्रममा कथाकार पद्मावती सिंहको कथासंग्रह ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ र आख्यानकार महेश प्रसाईंको कथासंग्रह ‘एउटा कथाको पुनर्जन्म’को पनि लोकार्पण गरियो ।


साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति गङगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति के के कर्माचार्य, पूर्व मन्त्री आर के मैनालीले आफ्नो धारणा राखेका थिए ।

 

ज्ञानु अधिकारी, विन्द्या सुब्बा, पद्मावती सिंह, महेश प्रसाईं, बाबा बस्नेत, पुष्पा खनाललगायतले कार्यक्रममा बोलेका थिए भने कथाकारहरु किशोर पहाडी, ललिता दोषी, श्रीॐ श्रेष्ठ रोदन, शान्ति रिसाल, मन्जिला अनिल, निर्मल पराजुलीलगायतले आआफ्नो लघुकथाहरु वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार