• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौँ  । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् ।

 

काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् । उनीहरुले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् ।

 

विरोध प्रदर्शनमा उपस्थित भएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं। ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोर बिसर्जन गर्न नदिने बताए ।

 

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुंगानाले आफूहरुको माग एक दुई दिनमा पूरा नभए सबै विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिए । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार