• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
प्रविधी

वैशाख २८ देखि भृकुटीमण्डपमा क्‍यान इन्फोटेक

काठमाडौं  । सूचना प्रविधि क्षेत्रको बृहद मेला क्यान इन्फोटेक यस वर्ष आगामी वैशाख २८ देखि जेठ २ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।

 

आयोजक कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासङ्घले यसै सन्दर्भमा आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तरक्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भएको बताए ।

 

 उनले यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको पनि बताए ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताए । उनले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार