• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ २६ गते देखि सञ्चालन गर्ने भएको छ ।

 

हिजो बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म  परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।

 

फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार