• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

आज नेप्से एक दशमलव ६ प्रतिशतले घट्यो

काठमाडौं । आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से आज एक दशमलव ६ प्रतिशतले घटेको हो । हिजोको तुलनामा ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो ।

 

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ ।

 

आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ दशमलव १६ प्रतिशत बढेको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार