• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि,६२ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

 

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ५ रहेको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।

 

हालसम्म देशभर २१ लाख ७३ हजार ५ सय ११ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५९ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार