• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

प्रचण्डले लगाए कोरोनाको खोप

काठमाडौं । नेकपा प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाको खोप लगाएका छन् ।

 

नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले आज खोप लगाएका हुन ।

 

आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरु र मन्त्रीहरुले कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम बनाइएको छ ।

 

यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख अग्नि सापकोटालगायतले पनि कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

 

आज बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिवलगायतलाई खोप लगाउने कार्यक्रम जारी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार