• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

आज संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाको खोप लगाइँदै

काठमाडौं । आज (बुधबार) संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई  कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ।

 

बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ।

 

यही फागुन २३ गतेदेखि संघीय संसदको हिउँदै अधिवेशन सुरु हुँदै छ। अधिवेशनअघि सांसदलाई खोप लगाउन लागिएको हो।

 

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार