• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

इन्स्पेक्टर खनालको ‘शिव ताण्डव’ सार्वजनिक

काठमाडाैं ।  गायक  तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले गीति भिडियो ‘शिव ताण्डव’ बजारमा ल्याएका छन् । 

 

द भोइस अफ नेपाल सिजन २ बाट नेपाली सांगीतिक आकाशमा उदाएका गायक पृथ्वी खनालको स्वरमा रहेको उक्त गीतलाई देवेश राईले संगीत दिएका छन् । 

 

भिडियोमा पृथ्वी र स्वजन रघुवंशीलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।  ज्योति प्रोडक्सनले उत्पादन गरेको उक्त भिडियो गृष्मा भट्टको निर्माण, पिटर गुरुङको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र आरसी रिमालको सहायक निर्देशनमा तयार भएको हो । 

 

शिव ताण्डव महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी Prithvi khanal को यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार