• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍यो निर्वाचन समिति,संयोजकमा बस्नेत

काठमाडौं ।  राष्‍ट्रिय प्रजातन्‍त्र पार्टी(राप्रपा)ले आसन्‍न महाधिवेसनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । राप्रपाले पार्टीको अन्तरिम विधानअनुसार हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको हो ।

 

राप्रपाका त्रयअध्यक्षद्वारा आसन्‍न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

 

राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समितिसम्बन्धी निर्देशिका’ समेत पारित गरिसकेको छ ।

 

समितिको सह-संयोजक तोरणबहादुर गुरुङ, सचिव प्रा.डा. गीताभक्त जोशी, सह-सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार