• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

राप्रपाले थाल्‍यो महाधिवेशनको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको  तयारीलाई तीव्रता दिएको छ ।

 

कमल थापाको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको छ ।

 

केन्द्रीय सचिवालय प्रमुख भास्कर भ्रदा र ध्रवबहादुर प्रदानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गरि ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरियो ।”

 

जस अन्तर्गत जिल्ला निर्वाचन समितिको गठन २०७७ फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई २०७७ चैत १५ सम्म म्याद थप गर्ने निर्णय गरिएको छ ।

 

सोमबारको बैठकले वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन २०७८ वैशाख १० भित्र सम्पन्‍न गर्ने निर्णय गरेको छ ।

समायोजन बाँकी रहेका जिल्लाहरुको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र भास्कर भद्रा रहेको ४ सदस्यीय समिति गठन गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार