• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

पूर्वमन्त्री कुबेर शर्माको निधन 

काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस नेता कुबेर शर्माको निधन भएको छ। २०५९ सालमा पर्यटनमन्त्री भएका ८१ वर्षीय शर्माकाे उपचारको क्रममा शुक्रबार साँझ मेडिसिटी अस्पतालमा निधन भएको हाे ।

 

   नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए।

 

२००७ साल हुँदै प्रजातन्त्रिक आन्दोलनमा सहभागी उनी २०४६/०४७ सालको जनआन्दोलनमा सप्तरीबाट सक्रिय थिए । २०५३ सालपछि कांग्रेस पार्टी छाडेर उनले हरियाली नेपाल पार्टी खाेलेका थिए । उनी इच्छामृत्युलाई कानुनी मान्यता दिन माग गर्दै अभियान चलाएको व्यक्ति पनि हुन् । 

 

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए। उनी सप्तरीबाट २०४८ मा सांसद निर्वाचित भएका थिए। उनका ३ जना छोरी छन् ।उनको अन्तिम संस्कार शनिबार गरिने परिवारले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार