• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक पण्डितको 'उड्दै छ मेरो मन' सार्वजनिक

काठमाडौं । गायक सुशान्त क्षेत्री पण्डितको आवाजमा रहेको नयाँ गीत 'उड्दै छ मेरो मन' सार्वजनिक भएको छ । 

 

अदिप्त प्रकाशको शब्द रचना रहेको गीतमा सागर ढकालले सङ्गीत भरेका छन् । गीतको एरेन्ज बि एन निराकारले गरेका हुन भने मिक्सिङ्ग मास्टरिङ महेश्वर राज भण्डारीले गरेका छन्। 

 

गीतको भिडियोलाई लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गर्नुका साथै भिडियोमा स्वंय लक्ष्मी र जीवनको अभिनय रहेको छ ।  

 

विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्। गीतलाई laxmi bardewa युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार